नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी मुख्यालय सानेपामा बिहीबार दिउँसो २ बजे पदाधिकार तथा पूर्वपदाधिकारहरूको बैठक बस्न लागेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वदाधिकारीहरूको बैठक बोलाएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेसको आसन्न १४औँ महाधिवेशन र पार्टीको आन्तरिक विषयमा छलफल केन्द्रित हुनेछ ।
कांग्रेसको १३औँ महाधिवेशनबाट सदस्यता लिएकाहरूको नवीकरण भइसकेको र नयाँ क्रियाशील सदस्यताको प्रक्रिया अगाडि बढेको छ । अहिले क्रियाशील सदस्यताका सम्बन्धमा रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिले काम अगाडि बढाइरहेको छ ।
पछिल्लो समय फोरम लोकतान्त्रिक, राप्रपा लगायतबाट कांग्रेस प्रवेश गर्नेहरूलाई पनि समायोजन गर्ने काम अगाडि बढिसकेको र यो पूर्ण हुने अवस्थामा पुगेको नेता खाँडले बताए ।
रामचन्द्र पौडेल पक्षले मापदण्ड बनाएर छिट्टै क्रियाशील सदस्यहरूको टुंगो लगाउनुपर्ने माग गर्दै आएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।