निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवैपक्षलाई छलफलका लागि बोलाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठअनुसार असार २२ गते ११ बजे दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय हो ।
उनका अनसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरूलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था छ । त्यही व्यवस्था अनुसार दुवै पक्षलाई २२ गते बोलाइएको छ
दुई धारमा विभाजित जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले आफ्नो पक्षलाई दलको आधिकारिकता दिनुपर्ने माग गर्दै निवेदन दिएको थियो । उक्त निवेदनमाथि निर्णय गर्नका लागि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रमाण पेस गर्न समय दिएको थियो ।
यसबीच महन्थ ठाकुर पक्ष कार्यकारिणी समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि डाके छ । बैठकले निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल गर्नेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।