हेटाैंडा। वाग्मती प्रदेशसभाको आगामी बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको छ। सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/७९ को बिनियोजित बजेट,राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए।
उनले बुधबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए।
प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय