• देशभर २,६३६ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २,६३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । हाल नेपालमा ३५ हजार ३१० जना सक्रिय संक्रमित रहेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस