• उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

  • काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएको छन् ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक यातायातका साधनलाई जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

    उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय प्रशासनले गरिसकेको छ ।

    यस्तै, उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । कोरोना संक्रमणको जोखिम घटेको निष्कर्ष निकाल्दै प्रतिबन्धहरूलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको उनले जानकारी दिए ।
    काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय