• बेदुरामको सांसद पद नै चैट हुन्छ : खिमलाल भट्टराई

  • नेकपा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसाल स्वतन्त्र सांसद हुन नसक्ने भन्दै उनको सांसद पद नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । राष्ट्रियसभा निर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले स्वतन्त्र सांसदका रूपमा मान्यता दिन भन्दै संसद सचिवालयमा निवेदन दिएपछि भट्टराई बेदुरामले स्वतन्त्र सांसद, पार्टी र आन्दोलनमाथि गद्धारी गरेको आरोप लगाएका हुन् ।

    राष्ट्रियसभा सदस्य भुसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिँदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएको भन्दै उनले पत्रसँगै नेकपा एमाले परित्याग गरेको उल्लेख गरेका छन् ।

    ‘पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन तर सांसद भई रहन संभव हुँदैन, ’उनले भनेका छन्, ‘किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ ।’

    त्यसबीचमा निर्वाचित राष्ट्रियसभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्ने भन्दै उनले त्यो भन्दा पृथक स्वतन्त्र सांसद हुन नसक्ने जिकिर गरेका छन्।

    ‘सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरूको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ,’ उनले भनेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय