काठमाडाैं। सेल्फ हेल्पिङ्ग फण्ड जापानले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ।
सेल्फ हेल्पिङ फण्ड नेपालका प्रतिनिधि हीरालाल बिक र विनिता श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रमा पुगेर महावीर पुन नेपालबाहिर रहेकाले केन्द्रका स्वयमसेवक तथा महावीर पुनका प्रतिनिधि किशोर रिमाललाई ४ लाख ६४ हजार नगद हस्तान्तरण गरेका हुन्।
सेल्फ हेल्पिङ फण्डका अभियन्ताहरुले मातृभूमिको लागि अक्सिजन भन्ने नारासहित मे १३ देखि मे ३१ सम्म १८ दिन अभियान चलाएका थिए।
फण्डका प्रमुख रमिला रानाले यस्तो विषम् परिस्थितिमा सहयोग गर्न पाउदा खुसी व्यक्त गर्दै सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिइन्। अर्का अभियन्ता गंगालाल जीआरले आगामी दिनमा पनि मातृभूमिलाई दुःख पर्दा सहयोग गर्ने बताए।
त्यस्तै अर्का अभियन्ता नारायण गिरिले पनि यस्तो महामारीको बेलामा देश बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न अपील गरे।
सो अभियानमा रमिला रानामगर, संजीता हमाल ठकुरी, नारायण गिरी, गंगालाल जीआर, असिम खनाल, पूर्णबहादुर मगर, शिशिर सुर्खेती, एलिजा लामा, शंकर केसी, रबिना दाहाल, नीरू ठकुरी, भूमिका पाख्रिन, दुर्गाबहादुर लामा सहभागी थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।