• १९ दिनमा स्वास्थ्यमन्त्रीले गरेका ५ काम : कोरोना खोप सनिश्चितदेखि गाँजाको अनुसन्धान गर्न पहलसम्म

  • सर्वोच्च अदालतको मंगलबारको आदेशपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट मुक्त भएका शेरबहादुर तामाङले खोप ल्याउन सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको दाबी गरेका छन् ।

    उनले बुधबार सामाजिक सञ्जालमार्फत आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको  १९ दिनमा गरेका कामको विवरण सार्वजनिक गर्दै खोप ल्याउन ढिलाइ भए त्यसको जिम्मेवारी आफूले लिने पनि  उल्लेख गरेका छन् ।

    तामाङले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ।’

    उनले राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको पनि बताएका छन् । आफूले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको दाबी गरेका छन् ।

    उनले सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेसम्बन्धी प्रारम्भिक प्रक्रिया सुरूवात गरेको, सबै सरकारी अस्पतालहरूलाई सुविधा सम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रियाको आरम्भ भएको र गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको पनि बताएका छन् ।

    उनले गरेका काम

    १. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तल माथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन ।)

    २. सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेसम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया सुरूवात ।

    ३. सम्पूर्ण सरकारी अस्पतालहरूलाई सुविधा सम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रियाको आरम्भ भएको ।

    ४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय