• किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग प्रचण्डको माग

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् ।

    आज एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि सरकारसँग माग गरेका छन् ।

    उनले बाढीपहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

    प्रचण्डले बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरूलाई पनि आग्रह गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय