• राजसंस्था विनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्दैन : पूर्वराजा शाह

  • पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताएका छन् । मंगलबार दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्।

    मुलुकको तत्कालीन परिस्थितिले वेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि राजसंस्था र प्रजातन्त्र एक अर्काविना सान्दर्भिक हुन नसक्ने उनले भिडियो सन्देशमार्फत बताएका छन् ।

    ‘देशको तत्कालीन परिस्थितिले हामीलाई वेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध हामीले गरेका छौं’ उनले भनेका छन्, ‘प्रजातान्त्रिक, प्रगतिशील, या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएका छौं ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय