• तीन अर्थशास्त्रीले पाए यस वर्षको नोबेल पुरस्कार

  • काठमाडौं । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

    रोयल एकेडेमी अफ साइन्सले क्यानडा, अमेरिका र नेदरल्याण्ड्सका तीन अर्थशास्त्रीलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

    क्यानडाका डेभिड कार्डलाई आधा र अमेरिकाका जोशुआ डी एन्ग्रिस्ट र नेदरल्याण्ड्सका गुइडो डब्ल्यू इम्बेन्सलाई आधा गरी अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

    डेभिड कार्डलाई उनले श्रम अर्थतन्त्रबारे गरेको अनुभवजन्य योगदानका लागि तथा एन्ग्रिस्ट र इम्बेन्सलाई कारक सम्बन्धको विश्लेषणबारे गरेको विधिगत योगदानका लागि आधा नोबेल पुरस्कार दिइने भएको हो ।

    अर्थशास्त्रको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको सबै विधाको नोबेल पुरस्कारको घोषणा भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस