प्रतिनिधिसभाको बैठक अर्को बैठक कात्तिक ९ गते बस्ने भएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक कात्तिक ९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
त्यसअघि बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सूचीबारे जानकारी गराएका थिए ।
त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले मधेसी आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश गरेका थिए।
संसद्को चालु अधिवेशन सुरु भएदेखि नै सदन अवरुद्ध गर्दै आएको एमालेले आज पनि विरोध कायम राखेको थियो । सभामुख सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।
पार्टीले कारबाही गरेका माघव नेपालसहित १४ सांसदको सूची सार्वजनिक नगरी पार्टी फुटाउन सभामुखले सहयोग गरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।