वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गरेका छन् । उनले सोमबार नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन् ।
उनले सामाजिक संजालमा आफूहरूले सोमबार बिहान डोलेश्वर महादेवमा विवाह गरेको बताएका छन् । उनले पहिलो पत्नीसँग कानूनी रुपमा ४ वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए ।
“सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउँछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ” उनले फेसबुकमा लेखृका छन् “अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।”
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।