• रामचन्द्र पौडेलको चिन्ता : निष्ठाको राजनीति हराउँदै गयो

    Ramchandra Paudel
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन् । कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

    उनले भने “म सबै इमान्दार साथी एकठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ । ” पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँस्वरुप दिनुपर्नेमा उनको जोड थियो ।

    सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनँंगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताए । वडा सभापति गणेश गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति, पदाधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय