• लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

  • लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले र राज्यमन्त्रीलाई मुख्यमन्त्री कुलबहादुर केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    शपथ लिने मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँ र वन वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्र हमाल रहेका छन् । यस्तै, कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक नियुक्त भएका छन् ।

    माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारू, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम सरकारमा सहभागी भएका छन् । स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली नियुक्त भएकी छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय