• संसदमा जसपा विवाद : महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादप ओलीको विपक्षमा

  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद संसदमा छताछुल्ल भएको छ ।

    संसद बैठकमा बोल्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्रीलाई विश्वासको मतको पक्ष र विपक्षमा मतदान नगरी तटस्थ बस्ने बताए भने अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरे ।

    अध्यक्ष यादवले आफूहरु नयाँ सरकार बनाउने बाटोमा अघि बढिसकेको स्पष्ट पारे । एकै पार्टीका दुई अध्यक्षको फरक फरक भनाईले पार्टी भित्रको विवाद संसदमा पोखिएको छ ।

    यादवले प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँदै आएपनि उनकै कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपालीको अवस्था आएको भन्दै उनले भनाई र गराईमा अन्तर देखिएको बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय