प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले शुक्रबार सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
सत्ता गठबन्धनमा रहेका कांग्रेसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)बाट प्राप्त मन्त्री बन्ने नेताहरू सूची देउवाले राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । मन्त्री बनेकाहरूको आज नै अपरान्ह ४ बजे शपथको कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ ।
देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राख्ने भएका छन् भने कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चार मन्त्रालयमा पठाइएको छ ।
सूचीमा हेर्नुहोस् को-को बने मन्त्री
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।