संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्तावबहुमतले स्वीकृत भएको छ । सरकारको तर्फबाट ले सो विधेयक संसदमा प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाको तर्फबाट सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।
विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गरेको थियो ।
त्यस्तै आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध गर्दै नाराबाजी गरेको थियो । एमालेको नाराबाजीकै बीच मन्त्री कार्कीले निजामती विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेका थिए । एमाले आफ्नो पार्टीले कारबाही गरेका माघव नेपालसहित १४ सांसदको सूची प्रकाशित नगेर पार्टीलाई फुटाउन सभामुखले सहयोग गरेको भन्दै संसद बैठक निरन्तर अवरोध गर्दै आएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।