![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Mansoon_weather.jpg)
अहिले (शुक्रबार बिहान ७ बजे मौसमविद्सँग कुरा गरेका बेला) प्रदेश १, २, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालबाट अझै ३/४ दिन मनसुन (वर्षा गराउने प्रणाली) बाहिरिने संकेत देखिएको छैन।
‘आगामी ३/४ दिन मनसुन बाहिरिने सम्भावना देखिएको छैन। छिटपुट, हल्का वर्षा भइरहन्छ’, शुक्रबार बिहान उनले भने, ‘ठूलो वर्षाको सम्भावनाचाहिँ छैन।’
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मलाई सम्झिनुपर्छ) मौसम देशभर आंशिक (धेरै आकाश खुला, थोरैमा बादल) देखि सामान्य (धेरैजसो बादल, थोरै खुला) बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)