• कांग्रेसले कानुन लिने, एकीकृत समाजवादीलाई स्वास्थ्य

  • काठमाडौं । सत्तारूढ गठबन्धनमा मन्त्रालय बाँडफाँडसम्बन्धी नयाँ सहमति भएको छ।

    सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ ।

    आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएका थिए । सत्तारूढ गठबन्धनमा सहभागी दल असन्तुष्ट भएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य मन्त्रालय दिने भएको हो ।

    अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ।

    एकीकृत समाजवादीले मन्त्रीको टुंगो लगाउने जिम्मा भने अध्यक्ष माधवकुमार नेपाललाइ दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय