![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Gadi-Bus-Kathmandu.jpg)
काठमाडाैं। बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ ।
प्रदेश सरकारले काठमाडौं उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा १८ कायम गरिएको छ । दश किमीसम्मको २३ रूपैयाँ, १५ किमीसम्मको २७ रूपैयाँ, २० किमीसम्मको ३० रूपैयाँ र २० किमीभन्दा माथिको ३५ रूपैयाँ कायम गरिएको बताइएको छ ।
त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म पाँचका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ । नयाँ भाडादर कात्तिक १ गतेदेखि लागू हुनेछ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)