देउवा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा केही बेरमा बस्ने लागेको बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे निर्णय हुनेछ ।
एकीकृत समाजवादीले आजै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।
बैठक बसेर नाम टुंगो लगाएलगत्तै प्रधानमन्त्रीलाई बुझाइने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय