काठमाडौं । लामो समयसम्म सत्तारुढ गठबन्धनका दलहरुमा विवाद हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता नपाइरहेको सन्दर्भमा आफ्नै पार्टी भित्रकाे किचलोले नयाँ बखेडा सुरु भएको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री देउवा समक्ष ३ वटा मन्त्रालय माग गरेपछि विवाद चर्किएको हो ।
पार्टी भित्रैका नेताहरुको भागबण्डाका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक सोही कारण भाँडिएको बताइएको छ । बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटामात्रै मन्त्रालय दिनसक्ने बताएका थिए ।
पौडेल पक्षले भने आफूहरुलाई मन्त्रिपरिषदमा सम्मानजनक उपस्थितिको कुरा गरेको तर प्रधानमन्त्रीले एकलौटी गर्न खोजेको आरोप लगाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।