काठमाडाैं। नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्री र राज्यमन्त्रीको टुंगो लगाएको छ ।
माओवादीको स्थायी कमिटी बैठकले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो।
माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नाम प्रस्ताव गरेका थिए ।
मन्त्री बन्नेको नाम टुंगो लागेपनि मन्त्रालय भने टुंगिएको छैन।
माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।