जनता समाजवादी पार्टीको कार्यकारिणी समितिलेे मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको हो ।
सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटाएपछि सरकारमा जाने मन्त्रीको नाम छान्न आज जसपाको कार्यकारिणी समितिको बैठक बसेको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय