

महेन्द्रनगर। पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा आज साँझ विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म१ज २०९० नंको विङ्गरबाट खसेर सहचालक भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो ।
विङ्गरको ढोकाको लक खुलेपछि बुडाल सडकमा खस्दा टाउकामा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारका क्रममै बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
विङ्गर र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन् । मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पाल धनगढीमा राखिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
