• गठबन्धनमा मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तारको तयारी

  • सरकार बनेको तीन महिना पुग्नै लाग्दा बल्ल मन्त्रिरिषद् विस्तार हुने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको ८५ दिनपछि सत्तारुढ गठबन्धनबीच मन्त्रालयमा भागबण्डा मिलेको हो । २९ असारमा प्रधानमन्त्री चुनिएका शेरबहादुर देउवा जम्मा ६ जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।

    गठबन्धनबीच मन्त्रालयमा भागबण्डा अनुसार कांग्रेसले ७ तथा गठबन्धनका अन्य दलले ५/५ मन्त्रालय लिने गरी सहमति भएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार कुन दलले कति मन्त्रालय लिने र कुन मन्त्रालय लिने भन्ने लगभग टुंगो छ । केही मन्त्रालयको मात्रै टुंगो लगाउन बाँकी हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालय भागबण्डामा सहमति जुटाएको हो । सहमतिसँगै आजभोलिमै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ ।

    स्रोतका अनुसार भौतिक पूर्वाधार, शिक्षा तथा विज्ञान प्रविधि र वन मन्त्रालय पनि जसपाले पाउने सहमति भएको जसपा पाउने छ ।

    नेकपा (एस)ले भने शहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ र ऊर्जा मन्त्रालय पाएको माओवादी केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी मन्त्रालय पाउने भएको छ ।

    गृह, परराष्ट्र र कानून मन्त्रालय पाएको कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने सहमति भएको छ ।

    सरकार बनेको तीन महिना पुग्नै लाग्दा बल्ल मन्त्रिरिषद् विस्तार हुने भएको छ ।

    बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय