• पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दामा बहस सकियो, १४ कात्तिकमा आदेश

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनमाथिको बहस सकिएको छ ।

    वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र नहकुल सुवेदीको इजलासले आदेश सुनाउन बाँकी राखेको छ ।

    कात्तिक १५ गतेका लागि निर्णय सुनाउने मिति राखिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
    यस्तै दुवै पक्षका कानुन व्यवसायीहरुलाई कात्तिक १० गतेभित्र लिखित बहस नोट पेश गर्नसमेत आदेश दिइएको छ ।

    ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छाडेको भन्दै न्यौपानले रिट निवेदन दिएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय