• माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज

  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    नेपालको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई सोमबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

    नेपाललाई स्वास्थ्यमा समस्या आएपछि असोज १३ गते बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो ।

    अध्यक्ष नेपालले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय