• देशभर थपिए १०६६ संक्रमित, १३ जनाको मृत्यु

  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा पीसीआर परीक्षण गर्दा सो संक्रमण देखिएको हो ।

    त्यस्तै, गत २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय