जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य सतर्कतासहित दसैँ–तिहारजस्ता चाडबाड मनाउन आग्रह गरेको छ । प्रशासनले एक आदेश जारी गर्दै कोभिड– १९ को स्वास्थ्य मापदण्ड पालनासहित चाडबाड मनाउन आग्रह गरेको हो ।
कोभिड– १९ नियम पालनासँगै न्यूनतम उपस्थितिमा चाडबाड मनाउन आमसर्वसाधारणलाई प्रशासनले निवेदन गरेको छ । असोज १४ गते रातिदेखि लागू हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो । कोरोना संक्रमण कायमै रहेकाले प्रशासनले अनावश्यक रूपमा ओहोरदोहोर तथा भिडभाड गर्न रोक लागाएको छ । जात्रा, महोत्सवजस्ता पर्वहरू मनाउँदा कोभिडबारे होसियार रहने र नारा, जुलुस प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।