काठमाडौं । नेकपा एमालेले पार्टीभित्रको विवाद समाधानका लागि भएकाे १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई बनाएकाे छ ।
सोमबार बसेको स्थायी कमिटीको बैठकले रावललाई संयोजक तोक्दै शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ।
१० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो ।
महासचिव महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कार्यदलमा उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य थिए ।
अब सो सहमति कार्यान्वयनका लागि रावललाई संयोजक तोकिएको हो। १० बुँदे सहमति कार्यान्वयन नभएकाे भन्दै रावलसहितका नेताले असन्तुष्टि जनाउँदै आएका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।