• १४ सांसदलाई पदमुक्त गराउने एमालेको माग सम्बोधन गर्न सकिन्न : शशांक कोइराला

  • नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ सांसदहरुलाई पदमुक्त गराउने एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

    महामन्त्री कोईरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। ‘उनीहरुले के भन्छन भने माधवकुमार नेपालसहित जति पनि सांसदहरु छन्, उनीहरुलाई निस्काशन गर्नुस्। त्यो त सभामुखले गर्न सक्नुहुन्न। यसैमा विरोध भइरहेको छ। हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ। २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ।’

    महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि उल्लेख गरे।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस