काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् ।
भारतीय विदेशमन्त्री जयशंकरले ट्विट गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको बताएका छन् । “हाम्रो विशेष सम्बन्धलाई अगाडि बढाउन हामीले घनिष्ठ रूपमा मिलेर काम गनुपर्छ”, उनले ट्विट गरेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय