• चीनसँगको सीमा समस्या अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

  • काठमाडाैं। हुम्लास्थित चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

    लिमी लाप्चादेखि हिल्सासम्मको नेपाल–चीन सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाइ प्रतिवेदन बुझाएको हो।

    समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन्।

    प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययनको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

    “यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ”, उनले भने, “अध्ययनमा यहाँहरूले औँल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।”

    अध्ययन टोलीका संयोजक आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए ।

    अध्ययन समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) उमेशराज जोशी, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सह-अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ छन् ।

    सरकारले भदौ १६ गते सीमा समस्या अध्ययनका लागि समिति बनाएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस