• कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

  • नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ । खड्काले आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

    उनले शुक्रबारदेखि आफूलाई ज्वरो खोकीसहितको लक्षण देखिएपछि आज एन्टिजेन र पीसीआर दुवै परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् ।

    उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस