• निस्वार्थ भावका साथ नयाँ पार्टीले काम गर्छ : अध्यक्ष नेपाल

  • काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन्।

    एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको आज हेटौंडामा सम्बोधन गर्दै उनले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

    नयाँ पार्टी गफ दिएर होइन काम गरेर जनताको मन जित्ने असल बन्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गरे। देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार गठन हुने दाबीसमेत गरे।

    सासंद एवं सो पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै विस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने विचार व्यक्त गरे।

    अर्का केन्द्रीय सदस्य मुनु सिग्देलले पनि देशमा सुशासन कायम गर्न यो पार्टी खुलेको उल्लेख गर्दै यसमा युवा वर्ग बढ्दै गएको बताइन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस