

काठमाडौं । आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । सत्तारुढ गठबन्धनका दलहरुको मंगलबार बसेको बैठकले नेपाली काग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेसंगै आज मन्त्रिपरिषद विस्तार हुने निश्चित बनेको हो ।
मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मंगलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।
डा. खड्काले आज पद तथा गोपनियताको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ ।
अन्य मन्त्रालयबारे गठबन्धनका दलहरुबीच कुनै सहमति हुन सकेको छैन । मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउबाबीच गठबन्धनमा रहेका चार दलहरुको बैठक डाक्ने छलफल भएको थियो ।
लामो समय बितिसक्दा पनि मन्त्रीमण्डल विस्तारको काम पुरा गर्न नसक्दा सत्तारुढ गठबन्धनको चौतर्फी आलोचना हुँदै आएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
