एजेन्सी। सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।
मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो ।
मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ ।
‘लकडाउन समाप्त हुनेछ । अत्यावश्क कामका लागी तपाइको घर छोड्न पाउने र कर्फ्यू अब रहने छैन, केही प्रतिबन्ध भने बाँकी रहने छ’, मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताए।
लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्यूको अवस्था अब नरहने बताइएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।