• डा. सुरोज टण्डनलाई प्रवल जनसेवाश्री पदक

  • सरकारले डा . सुरोज टण्डनलाई जनसेवाश्री मानपदवी अन्तर्गतको तृतीय सेवा प्रवल जनसेवाबाट सम्मानीत गर्ने भएको छ ।
    संविधान दिवसको अवसरमा सरकारले आइतबार उनीसहित पदक दिनेहरूको नामा सार्वजनिक गरेको हो । टण्डन कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख हुन् ।

    उनले नेपालको बित्तीय क्षेत्रमा पिएचडी गरेका छन् । सरकारले राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई यो विभूषण दिइने व्यवस्था छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय