प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबारको बैठक करिब १३ मिनेट बसेर सकिएको हो । सभामुख अग्नि सापकोटाले अर्को बैठक ४ असोज सोमबार बिहान ११ बजेका लागि तोकेका छन् ।
आजको बैठकलाई पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेका थियो । औपचारिक रुपमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु वेल घेर्न पुगेका थिए । कारबाही गरेका सांसदको शुचि प्रकाशित नगरेर पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।
एमालेको विरोधका बीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।
शर्माले प्रस्ताव प्रस्तुत गरेसँगै त्यसमाथि छलफल सुरु भएको थियो । शर्माले जवाफ दिएपछि त्यसमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।