सभामुख अग्नि सापकोटाले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले नजाने भएको छ ।
एमालेले निरन्तर संसद अवरुद्ध पारेपछि छलफल गर्न सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन्।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए । उनले आफूहरूसँग सम्बन्ध नभएका दललाई पनि बैठकमा बोलाएकाले एमालले बैठक बहिस्कार गर्ने स्पष्ट पारे ।
उनले अब सभामुखसँग दुई वटामात्रै विकल्प रहेको तर्क गर्दै भने, ‘कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरूको लिष्ट टाँस्नुपर्यो नभए मार्गप्रशस्त गर्नुपर्यो ।’
कारबाहीमा परेका १४ जना सांसदको सूचना नटाँसेर सभामुखले उनीहरूलाई नयाँ दल खोल्न सहज बनाइदिएको भन्दै एमालेले लगातार संसद अवरूद्ध पारिरहेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।