काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले अब कार्यकर्ताकाे विवरण अब सफ्टवेयरमार्फत अनलाइनमै भर्न सकिने भएकाे छ । यसका लागि माओवादी केन्द्रले शुक्रबार अपराह्न अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सदस्यता नविकरण सुरुवात गराएर सुरू गरिसकेका छन् ।
नेकपा विभाजनसँगै बनेको माओवादी केन्द्रले पछिल्लो दिनहरुमा आफूलाई संगठित र व्यवस्थित बनाउने क्रमको सुरुवात गरेको हाे । देशभरका ७५३ स्थानीय तह तथा विदेशबाट समेत पार्टी सदस्यता अध्यावधिक गर्न मिल्ने गरी बनाएको सफ्टवेर मार्फत माओवादीले पार्टी सदस्यता नविकरण गर्न थालेको हो ।
माओवादी केन्द्रीय कार्यलयका इन्चाार्ज वर्षमान पुनले संयोजन गरेको डिजिटलाइट माओवादी अभियान देशैभरी सञ्चालन हुने र इन्टरनेटको माध्यमबाट हरेक स्थानीय तहले पार्टी सदस्यता विवरण अध्यावधिक गर्न सक्नेछन् ।
यो सफट्वेयर मार्फत माओवादी पार्टी सदस्यहरुले आफ्नो विवरण अध्यावद्यि गर्दा पार्टी सदस्यता लिएको मिति, पूर्णकालीन भएर काम गरेको समयलगायत सबन्धित व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरणहरु सो सफट्वयरमा राख्ने व्यवस्था मिलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाइएकाे छ ।
पार्टी स्थायी समितिले गरेको कार्य विभाजन अनुसार पार्टी कार्यलयको नेतृत्वमा पूर्व अर्थमन्त्री समेत रहेका इन्चार्ज वर्षमान पुन आएपछि पार्टीका कामलाई व्यवस्थित बनाउने क्रम तीव्र भएको हाे
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।