• एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने जनाएकाे छ ।

    एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले एमाले नेतृत्वकाे वर्तमान सरकारलाइ समर्थन नगर्ने स्पष्ट पारेको हो ।

    नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा १३ जना सांसद गएका छन्। आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ ।

    एकीकृत समाजवादीले समर्थन नगर्ने बित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेकाे छ। माधवकुमार नेपाल समूहमा रहेकी शाक्य २ भदाैमा मुख्यमन्त्री बनेकी थिइन्। तर उनले पार्टी विभाजनमा नेपाललाइ साथ दिइनन्।

    १०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । एमालेका ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब ४२ जना सांसदमात्र कायम भएको छ।

    मुख्यमन्त्री शाक्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय