• बाबुराम भट्टराईले यसरी गरे एमसीसी पास गर्नुपर्ने तर्क

  • काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने तर्क गरेका छन्।

    जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सबैखाले विदेश सहयोगका परियोजना स्वीकार्नुपर्ने तर्क अघि सारेका हुन्। नेपाललाई प्राप्त हुने विदेशी सहयोगका परियोजनाको विरोध गर्नेहरु राष्ट्रवादी हुन नसक्नेमा समेत उनले जोड दिएका छन्।

    एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली अहिले नेपाल भ्रमण छ। उनीहरु यतिबेला प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनीतिक दलका नेतालाई भेटेर एमसीसी स्वीकार गर्न दबाब दिइरहेका छन्। सोही सन्दर्भमा नेता भट्टराईको यस्तो धारणा सार्वजनिक भएको हो।

    उनले एमसीसीसहित विदेशी सहयोगका परियोजनाहरु स्वीकार गरेर देशलाई समृद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन्।

    उनले चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्नु गलत हुने तर्क गरेका हुन्।

    नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्दै देश कंगाल पार्ने र युवाहरुलाई रोजगारीका लागि विदेश लखेट्ने राष्ट्रघाती कि नेपालमुखी भएर बीप्पा, बीआरआई, एमसीसी सहितका सबै स्वीकार्दै देश समृद्ध पार्ने र यवालाई स्वदेशमै राख्ने राष्ट्रघातीरु’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय