काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभा बैठक जारी रहेका कारण एमालेको स्थायी कमिटी बैठक स्थगित भएको हो। शुक्रबार दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमाले स्थायी कमिटिको बैठक बोलाइएको थियो।
आज स्थगित भएको बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ। बैठकमा
४ देखि ६ असोजमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
स्थायी कमिटी बैठक पछि २७ भदौमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय