काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब, ३२ अर्ब, ८३ कराेडकाे नयाँ संशोधित बजेट ल्याएको छ।
अघिल्लो सरकारले गत १५ जेठमा ल्याएको बजेटलाई परिमार्जन गर्दै नयाँ बजेट ल्याएको हो।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रमुख विपक्षी दलको नाराबाजीबीच संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्।
अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अंकलाई समेत परिमार्जन गरिएको छ । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो।
अर्थमन्त्री शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय