• महिला नेतृहरुलाई बोलाएर ओलीले बालकोटमै खुवाए दर

  • काठमाडौं । सरकारमा रहेर करोडौंको भोज खुवाएको आरोप खेपेका पूर्व प्रधानमन्त्री केपी ओलीले एमाले महिला नेतृहरुलाई आफ्नो निजी निवास बालकोटमा दर खुवाएका छन् ।

    बालकोटमा ओलीले खुवाएको दरका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै एमाले नेतृ शान्ता चौधरीले आफूहरु बालकोट माइत आएको बताएकी छन् । उनले फोटोहरुका साथमा लेखेकि छन्, ‘आज हामी दिदिबहिनी माइत गएको ,बालकोटमा आमा बाले दर खुवाएको ।’

    संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका सांसदहरु र महिला नेतृहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।

    दर खाने कार्यक्रममा सांसदहरु राधा ज्ञवाली, विद्या भट्टराई, आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन, महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतको सहभागिता थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस