• एकीकृत समाजवादी संसदीय दलको विधान पारित

  • नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो । सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ ।

    यही भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । सो कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस