• प्रतिनिधिसभा अधिवेशन सुरु नहुँदै एमालेले पार्‌यो अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित

  • प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु नहुँदै अवरुद्ध भएको छ ।

    अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् अधिवेशन आह्वान गरेको प्राप्त पत्र पढेर सुनाउन नथाल्दै एमाले सांसदहरू उठेर नाराबाजी गरेका थिए ।

    त्यसलगत्तै सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए । एमाले सांसदको नाराबाजीपछि सभामुखले आजको बैठकको कार्यसूचीसमेत पेस गर्न पाएनन् ।

    १५ मिनेटका लागि बैठक स्थगित

    प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

    एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस